नेपालमा पानी पार्ने प्रणाली पश्चिमबाट विस्तारै पूर्वतिर सर्दैछ । पश्चिमी न्यून चापीय प्रणालीको कारण आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बेलुकासम्म काठमाडौंसहित देशका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हिउँदे वर्षा सुरु भएको छ । सुदूरपश्चिम र कर्णालीका केही ठाउँमा रातिदेखि हल्का वर्षा भएको हो ।
अहिले पनि पश्चिमका केही स्थानमा हल्का पानी परिरहेको महाशाखाले जनाएको छ । यस्तै, पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।
दिउँसो सुदूरपश्चिम र कर्णालीसहित लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
मौसम विज्ञान विभागले यसअघि नै विशेष मौसमी बुलेटिन सार्वजनिक गर्दै शुक्रबारदेखि पानी पार्ने प्रणाली पश्चिमबाट सक्रिय हुने जानकारी दिएको थियो । विभागका अनुसार भोलिदेखि मौसममा सुधार हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।