logo-img

त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह आज, १४ हजार विद्यार्थी दीक्षित हुँदै
फाइल तस्बिर

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने दीक्षान्त समारोहमा यसपटक १४ हजार ३ सय ८ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् । सोही संख्यामा अभिभावकको समेत सहभागिता हुनेछ । 

गत वर्षभन्दा यसपटक २ हजारभन्दा बढी विद्यार्थी दीक्षित हुने छन् । स्नातकतर्फ ९ हजार ६८, स्नातकोत्तर ५ हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी)  तर्फ १ सय २२ जना विद्यार्थी दीक्षित हुँदैछन् । 

समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार १ सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदै छन् । समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिने छ । 



समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहनेछ । 





  • प्रकाशित मिति : पुस १३, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया