शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन देशभरका पालिकाका शिक्षा शाखालाई निर्देशन दिएको छ ।
केन्द्रले देशभरका ७ सय ५३ वटै पालिकालाई पत्राचार गर्दै यही २२ पुसभित्र कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको विवरण अनलाइनमार्फत अद्यावधिक गराउन निर्देशन दिएको हो ।
केन्द्रले वैकल्पिक शिक्षा प्रणालीबाट भर्ना हुन आएका विद्यार्थी, बीचमा विद्यालय छोडेर पुनः भर्ना हुन आएका विद्यार्थी, विगत वर्षमा प्रणालीमा विवरण अभिलिखित नभएका विद्यार्थी, विदेशी नागरिकका बालबालिका विद्यार्थीको विवरणसमेत समावेश गरी अद्यावधिक गराउँदै विवरण पेस गर्न केन्द्रले सबै पालिकालाई निर्देशन दिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।