वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतले देशभन्दा बाहिर बसेका नेपालीलाई त्यहाँ सिकेको सुसंस्कार स्वदेशमा रहेका नेपालीलाई पनि सिकाउन अनुरोध गरेका छन् ।
शुक्रबार हेल्प नेपाल नेटवर्क नेपालको रजत जयन्ती वार्षिकोत्सवमा आफ्नो धारण राख्दै उनले सबै नेपालीले नेपालीपन मन पराउने हुँदा सुसंस्कार सिकाउन र सुशासनमा रहन आवश्यक रहेको बताएका हुन् ।
‘आज नेपाली नेपालमा होइन, संसारको विभिन्न देशमा छन् । तर, पनि सबै नेपालीले नेपालीपन मन पराउँछन् । बाहिर बस्नु हुने नेपालीलाई म के भन्न चाहन्छु भने तपाईंहरूले नेपालको हरेक तहमा भएका मानिसलाई सुशासनका साथै सुसंस्कार पनि सिकाउनुहोला,’ डा. रुइतले भने ।
यसअघि शीर्षमा अन्यथा हुन गएकोमा क्षमाप्रार्थी छौँ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।