दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ । योनहाप समाचार एजेन्सीका अनुसार सो दुर्घटना विमानस्थलभित्रै भएको हो ।
विमान धावनमार्गबाट चिप्लिएर दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको पर्खालमा ठोक्किएको थियो ।
१७५ यात्रु र ६ जना उडान परिचर बोकेको जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो । अवतरण गर्नेक्रममा दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा दुईजना जीवितै फेला परेका छन् । योनहापका अनुसार जहाजमा रहेका यात्रुहरूमा १७३ दक्षिण कोरियाली र दुईजना थाई नागरिक थिए ।
दुर्घटनाको ठोस कारण अझै खुल्न सकेको छैन । स्थानीय सञ्चारमाध्यमले विमानको प्रणालीमा चरा फसेका कारण दुर्घटना भएको हुनसक्ने बताएको छ ।
सामाजिक सञ्जालमा अपलोड गरिएको अप्रमाणित फुटेजमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखाइएको छ । अन्य फुटेजमा कालो धुवाँको ठूलो मुस्लो आकाशमा उडिरहेको देखाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।