टेस्ट क्रिकेटमा भारतीय टिमका तीव्र गतिका बलर जसप्रित बुमराहले नयाँ उपलब्धि हासिल गरेका छन् । उनी अब भारतका लागि टेस्टमा सर्वाधिक छिटो २ सय विकेट पूरा गर्ने तीव्र गतिका बलर बनेका छन् ।
अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजको तेस्रो खेलको दोस्रो इनिङमा २ विकेट लिएसँगै बुमराहले यो उपलब्धि हासिल गरेका हुन् । उनले यो कीर्तिमान ४४ टेस्ट म्याचमा हासिल गरे ।
भारतका लागि टेस्ट क्रिकेटमा सर्वाधिक छिटो २ सय विकेट लिने रेकर्ड भने पूर्वस्पिनर रविचन्द्रन आश्विनको नाममा छ । उनले ३७ टेस्टमा २ सय विकेट लिएका थिए ।
यस्तै, बुमराह टेस्ट क्रिकेटमा १९.५ को औसतमा २ सय विकेट लिने विश्वकै पहिलो बलर पनि बनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।