माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौंको टोखाका उद्योगी चाकु बनाउन व्यस्त हुन थालेका छन् । टोखा नगरपालिका–२ र ३ मा रहेका उद्योग यतिबेला चाकु बनाउन र बजार पुर्याउन व्यस्त रहेका हुन् ।
टोखाका व्यवसायीलाई दिनभर मात्र नभइ राति पनि चाकु बनाउन भ्याइनभ्याइ छ । टोखामा उत्पादन भएको चाकु उपत्यकाको असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा पनि बिक्री हुँदै आएको छ । साथै यहाँ उत्पादित चाकु विदेशमा पनि उत्तिकै माग छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।