logo-img

दक्षिण कोरियामा विमान दुर्घटना : मृतकको संख्या ८५ पुग्यो

दक्षिण कोरियामा विमानस्थलभित्र भएको विमान दुर्घटनामा मृतकको संख्या ८५ पुगेको छ । नेशनल फायर एजेन्सीका अनुसार मृतकमध्ये ४६ जना महिला र ३९ जना पुरुष रहेका छन् ।  

जेजु एअरको बोइङ ७३७ विमानमा १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । सो विमान थाइल्यान्डको बैंकबाट फर्किरहेको थियो । उक्त दुर्घटना अवतरणको समयमा भएको हो । 

देशको दक्षिण पश्चिममा पर्ने मुआन अन्तर्राष्ट्रिय विमानस्थलको रन वेबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएको थियो ।  

केही व्यक्तिको जीवितै उद्धार गरिएको छ । उद्धार प्रयास जारी रहेको समाचार एजेन्सी रोएटर्सले जनाएको छ ।  







  • प्रकाशित मिति : पुस १४, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया