logo-img

२६०९ अंकमा झर्‍यो नेप्से, कारोबार रकम भने बढ्यो
फाइल तस्बिर

आइतबार सेयर बजार २१.१२ अंक घटेको छ । योसँगै आज नेप्से परिसूचक २६०९ मा कायम भयो । पौने १ बजे बजार २६४० अंकसम्म पुगेको थियो । यद्यपि अडिन भने सकेन । आज कारोबार रकम सामान्य बढेको छ । 

गत बिहीबार ५ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४७ करोडको भयो । आइतबार ६९ कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो । दुई कम्पनीको मूल्य स्थिर रह्यो ।

माइक्रोफाइनान्स सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढेको छ । त्यस्तै, अन्य समूह ०.२९ प्रतिशत बढ्यो ।

फाइनान्स समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत घट्यो । बैंकिङ ०.८७, विकास बैंक २.६५, हाइड्रोपावर १.७३, लगानी ०.६६, जीवन बीमा ०.३९, उत्पादन ०.८१, निर्जीवन बीमा ०.१२ तथा व्यापार समूह १.०३ प्रतिशत घटे । 







  • प्रकाशित मिति : पुस १४, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया