राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्थाको औचित्य र महत्वलाई गलत भाष्य तयार गरेर बदनाम गर्न खोजिएको आरोप लगाएका छन् । पार्टीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले षडयन्त्रपूर्वक गलत भाष्य तयार गरेर नेपालमा राजसंस्थालाई पाखा लगाइएको जिकिर गरेका हुन् ।
उनले भने, ‘नेपालमा राजसंस्थाको औचित्य र महत्वलाई गलत भाष्य तयार गरेर बदनाम गर्न खोजिएको छ । षडयन्त्रपूर्वक गलत भाष्य तयार गरेर नेपालमा राजसंस्थालाई पाखा लगाइयो । बाह्य शक्तिको चलखेल र प्रभाव तीव्र रुपले बढेर गएको छ ।’
साथै अध्यक्ष थापाले राजसंस्थालाई पाखा लगाएदेखि देश संकटै संकटमा परेकाे दाबी गरे । उनले आर्थिक संकट, बेरोजगारी र भ्रष्टाचारमा देश डुबिरहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।