ओमोडाको ब्रान्ड एम्बेसडरमा नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी नियुक्त भएका छन् । सोमबार एक कार्यक्रमबीच ऐरीले ब्रान्ड एम्बेस्डरका रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
साथै ऐरीलाई ओमोडा ई फाइभ हस्तान्तरणसमेत गरिएको छ । ऐरीले हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल) उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै कार जितेका थिए ।
उक्त कार पाएबापत लाग्ने सम्पूर्ण कर (करिब १५ लाख रुपैयाँ) पनि कम्पनीले बेहोर्ने जनाइएको छ ।
९९ किलोवाट मोटर रहेको उक्त गाडीमा ६१ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका अनुसार यसले ४३० किलोमिटरको रेन्ज दिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।