नेकपा (एमाले) ले निष्कासित नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दै छन् । नयाँ पार्टी गठन गर्ने तयारीमा रहेका रावलले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा हुने पत्रकार सम्मेलनमा रावलले एमालेले आफूमाथि लगाएका आरोपको पनि खण्डनका साथै नयाँ दलको घोषणा गर्ने सम्भावना छ ।
‘अहिले एमालेका नेताहरू जसरी भीम रावल आफैंले पार्टी छोडेका हुन् भन्दै आरोप लगाइरहनुभएको छ, त्यसको जवाफ दिन र आगामी दिनमा कसरी जाने भन्नेबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गर्न लागिएको हो । रावलले पार्टी छोड्नुभएको हो कि एमालेले निकालेको हो, झन् प्रस्ट हुनेछ,’ रावलनिकट एकेन्द्र कुँवरले भने ।
पार्टी हितविपरीतका गतिविधि र अभिव्यक्ति दिएको आरोप लगाउँदै एमालेले रावललाई गत बुधबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको थियो ।
यो पनि
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।