logo-img

चार संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

संघीय संसद्अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठकको बैठक बस्न लागेका हुन् ।

दिउँसो १ः१५ मा बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ । 

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा समितिले गत ११ भदाैमा मन्त्रालयलाई दिएको निर्देशनको कार्यान्वयन अवस्थाबारे छलफल हुनेछ । 

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठक पनि आज बस्दै छ । बैठकमा भूमिमा रहेको अव्यवस्थित बसोवासका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।



पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 





  • प्रकाशित मिति : पुस १७, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया