१२औँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस काठमाडौंमा भव्यताका साथ मनाएको छ । बुधबार काठमाडौंको वसन्तपुरमा भेला भएर शुभकामना आदानप्रदान गर्दै नेपाली टोपी दिवस मनाइएको हो ।
जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले नेपाली टोपीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले १२ वर्षअघि कठिन अवस्थामा सुरुवात गरिएको कार्यक्रम अहिले विदेशमा समेत फैलिएको भन्दै खुसी व्यक्त गरे ।
तस्बिरमा टोपी दिवस :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।