logo-img

भारतीय नेतासँगको भेटघाटमा व्यस्त आजपा नेता यादव

भारत भ्रमणमा रहेका पूर्वमन्त्री आम जनता पार्टी (आजपाका) स्थायी कमिटी सदस्य विजय यादव निर्वीज र भारतको गुजरात राज्यको ग्रामीण विकास, श्रम र रोजगार मन्त्री बलवन्तसिंह राजपूतबीच शिष्टाचार भेटघाट भएको छ ।

गुजरातस्थित मन्त्रीको कार्यालय भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकास सम्बन्धलाई प्रगाढ बनाउनुको साथै गुजरातमा रहेका नेपाली श्रमिकको सम्मान र सुरक्षाको विषयमा सहयोगलगायत विषयमा कुराकानी भएको भेटघाटमा सहभागी आम उद्योग वाणिज्य संघका अध्यक्ष साजन जयसवालले बताए । 

भेटघाटमा मन्त्री राजपूतले नेपालका पूर्वमन्त्री प्रभु साहको नेतृत्वको आम जनता पार्टीले अपनाएको विचारधाराको प्रशंसा गर्दै भविष्यमा नेपाल भ्रमण गर्ने प्रतिबद्धता जनाए । केही दिनअघि मात्र स्थायी कमिटी सदस्य निर्वीजको प्रमुख आतिथ्यमा मुम्बईमा आम नेपाली एकता समाजको विशेष बैठक समाजसेवी शेख इरसादको अध्यक्षतामा सम्पन्न गरेका थिए ।  
 







  • प्रकाशित मिति : पुस १८, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया