logo-img

ढल र फोहोरले टुकुचाको बेहाल, बिग्रिँदै सौन्दर्य [तस्बिरहरू]

टुकुचा खोला बागमतीको सहायक नदी मानिन्छ । काठमाडौंका रुद्रमती र विष्णुमतीका बीच भागमा घना बस्तीका बीच भएर बग्ने यस खोलाको पुरानो सांस्कृतिक नाम इक्षुमती हो र नेवारीमा ‘तुखुचा’ (उखु खोला) हो । 

त्रिपुरेश्वरको कालमोचन महादेव मन्दिरमा पुगेपछि यो खोला बागमतीमा मिसिन्छ । काठमाडौं महानगरको मध्य भाग हुँदै बग्ने भए पनि यो खोला सहर पसेपछि कतै देखिन्छ भने कतै बिलाउँछ ।

ठाउँ–ठाउँमा टुकुचा खोलालाई ढल छोपेजस्तै गरी त्यसमाथि संरचना बनाइएका छन् । संरचना निर्माणसँगै टुकुचा खोलामा फोहोर फाल्ने कार्य पनि बढ्दै गएको छ । अहिले टुकुचा खोला हेर्दा त्यहाँ ढल र फोहोर थुप्रो देखिन्छ । जथाभाबी ढल र फोहोर फाल्दा टुकुचाको मात्र होइन काठमाडौंको सौन्दर्य नै बिग्रिँदै गएको छ । 

तस्बिरमा टुकुचाको हालत :



 





 

  • प्रकाशित मिति : पुस १८, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया