logo-img

प्रदीप ज्ञवालीको दाबी- प्रचण्डले लगाएका १९ बुँदे आरोप भीम रावलले कपी पेस्ट गरे

अध्यक्ष केपी शर्मा ओलीमाथि भीम रावलले लगाएको आरोप पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएको १९ बुँदे आरोपको ‘कपी पेस्ट’मात्र भएको नेकपा एमालेले जनाएको छ ।

बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २०७७ साल कात्तिकमा यिनै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाएको भन्दै त्यही आरोपको कपी पेस्टमात्र नेता रावलले गरेकाे दाबी गरेका हुन् ।

उनले भने, ‘२०७७ साल कात्तिकमा लगभग यिनै भाषामा प्रचण्डले १९ पेजको आरोप लगाउनु भएको थियो । एक किसिमले कपी पेष्ट हो । त्यसले उहाँभित्र कति नकारात्मक कुराले भरिएको प्रष्ट भएको छ । गालीगलौजले देश बन्ने भए एक जमानामा प्रचण्ड र बाबुराम भट्टराईको डिक्स्नेरीमा भएका शब्द खोजीखोजी गाली गर्नुहुन्थ्यो । रवि लामिछानेजीहरू त्यसैगरी नै उदाउनुभयो । गालीगलौजले देश बन्दैन ।’

ज्ञवालीले  रावलले ३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठ एक प्यारा गालीगलौज अनि पौने प्यारा अभियान चलाउँछु भनिसकेपछि पार्टीमा कुनै छलफल गरिरहनुपर्ने गम्भीर विषय नरहेको पनि बताए ।



गत पुस १० गते बसेको नेकपा एमाले सचिवालय बैठकले नेता रावललाई पार्टीबाट निस्कासित गरेपछि उनले हिजो (बुधबार) पत्रकार सम्मेलन गरेर ओलीमाथि विभिन्न आरोप लगाउँदै आफ्नो भावी राजनीतिक यात्राबारे जानकारी दिएका थिए । रावलले नयाँ पार्टी बनाउने आंकलन अधिकांशले गरेपनि पहिला ‘मातृभूमी जागरण अभियान लिएर देश दौडाहामा जाने र त्यसपछि थप निर्णय लिने उनकाे भनाइ छ ।

याे पनि...



रङ खुइलिएर एमाले त बामाले भयो- रावल​

केपी ओलीमाथि भीम रावलले लगाएका ७४ आरोपभित्र के-के छन् ?



एमालेले गलहत्याएपछि भीम रावलले खोजेको ‘नयाँ बाटो’

  • प्रकाशित मिति : पुस १८, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया