logo-img

‘भीम रावलका आरोपहरु अत्यन्तै तल्लो स्तरका छन्’

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भीम रावलले नेकपा एमाले लक्षित गरेको टीका टिप्पणीहरू अत्यन्त तल्लो स्तरको भएको बताएका छन् । बिहीबार च्यासलमा बसेको सचिवालय बैठकपछि उनले नकारात्मकता, विरोध र आवेगले देश बन्ने भए धेरै अगाडि बनिसक्ने भन्दै रावलले एउटा कुन्ठा मात्र व्यक्त गरेको बताए । 

उनले भने, ‘भीम रावलले गर्नु भएको पत्रकार सम्मेलन नेकपा एमाले लक्षित उहाँको टिका टिप्पणीहरूका बारेमा सामान्य चर्चा भयो । त्यो कुनै धेरै चर्चा गर्नुपर्ने, धेरै समय खर्चिनुपर्ने विषय पनि होइन । किनभने, नकरात्मकता, विरोध, आवेग र कुन्ठाले देश बन्ने भए धेरै अगाडि बनि सक्ने थियो । आरोपहरू अत्यन्त तल्लो स्तरका छन् र उहाँको एउटा कुन्ठा मात्र व्यक्त भएको छ ।’

त्यस्तै बैठकमा एमाले-कांग्रेस गठबन्धन सरकारले संचालन गरिरहेका कामका बारेमा पनि चर्चा भएको उनले बताए । नेपाली राजनीतिमाथि भइरहेको बाहिरी प्रभावका विषयमा छलफल भएको सुनाए ।







  • प्रकाशित मिति : पुस १८, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया