अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजको पाँचौं खेलको पहिलो इनिङमा भारत १ सय ८५ रनमै अलआउट भएको छ । शुक्रबार बिहान सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको भारत ७२.२ ओभरमा १ सय ८५ रनमा अलआउट भएको हो ।
उसका लागि ऋषभ पन्तले ४०, रवीन्द्र जडेजाले २६, कप्तान जसप्रित बुमराहले २२, शुभमन गिलले २०, विराट कोहलीले १७, वासिङ्टन सुन्दरले १४ र यशस्वी जैसवालले १० रन जोडे ।
अस्ट्रेलियाका लागि स्कट बोल्याण्डले चार, मिचेल स्टार्कले तीन, प्याट कमिन्सले दुई र नाथन लायनले एक विकेट लिए । आजको खेलमा भारतले नियमित कप्तान रोहित शर्मालाई विश्राम दिएको छ । यस खेलमा भारतीय टिमको कप्तान जसप्रित बुमराहले सम्हालिरहेका छन् ।
आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने सम्भावना जीवित राख्न भारत अस्ट्रेलियाविरुद्धको पाँचौं टेस्टमा जित्नैपर्ने दबाबमा छ । साथै, भारतले फाइनलमा पुग्न अस्ट्रेलियालले जनवरी–फेब्रुअरीमा श्रीलंकाविरुद्धको दुई खेलमा लगातार पराजय बेहोर्नुपर्ने समीकरण बनेको छ ।
पाँच खेलको टेस्ट सिरिजमा अस्ट्रेलिया २–१ ले अगाडि छ । यी दुई टिमबीचको एउटा खेल भने ड्र भएको छ । पछिल्लो खेलमा अस्ट्रेलियाले भारतलाई १८४ रनले हराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।