logo-img

बाँकेमा थपिए १४६ जना कुष्ठरोगका नयाँ बिरामी

बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ । अस्पताल प्रमुख मंगल थारूले कुष्ठरोगीमध्ये बाँकेका ८४, बर्दियाका २४, भारतका २१, रोल्पाका पाँच, दैलेखका चार र सुर्खेतका एकजना रहेका छन् ।

पहिचान भएकामध्ये ३९ प्रतिशत बिरामीहरूमा कुष्ठरोगको कीटाणु पोजिटिभ रहेको पाइएको उनले जानकारी दिए । साइनिङ अस्पतालले बहिरंग सेवामार्फत १७ हजार दुई सय ६५ जनालाई सेवा प्रदान गरेको जनाएको छ ।

अस्पतालले कुष्ठरोगीको पहिचान, अपांगता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवालगायत गतिविधि गरिरहेको जनाएको छ ।







  • प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया