logo-img

रौतहटमा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट

अवैध रुपमा उत्पादन हुँदै आएको घरेलु मदिरा तथा भट्टीहरु रौतहट प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका-५ मा रहेको तीनवटा घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक उमाशंकर प्रसादका अनुसार शनिबार बिहान ७ बजे गएको प्रहरी टोलीले भट्टी नष्ट गर्नुका साथै उत्पादनमा प्रयोग भएका सामान बरामद गरेको छ ।

भट्टीबाट तयारी मदिरा ७ सय लिटर, कच्चा पदार्थ २ हजार ८ सय लिटर, मदिरा बनाउन प्रयोग हुने हन्डा चार थान डिक्ची ८ थान , स्टिलको बाल्टिन ३ थान, ग्यास सिलिन्डर ४ थान र चुल्होसहितका सामान बरामद गरिएको उनले जानकारी दिए । बरामद गरिएका मदिरा तथा कच्चा पदार्थ स्थानीयहरूको रोहवरमा नष्ट गरिएको उनको भनाइ छ  । यस कार्यमा संग्लनहरू भागेकाले खोजी भइरहेको उनले बताए ।



त्यस क्षेत्रमा अवैध रुपमा घरेलु मदिरा उत्पादन हुँदै आएको सूचनाका आधारमा  भट्टीहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्राय घरेलु मदिराका कारण गाँउ घरमा झै-झगडाका घटना हुने गरेकाले मदिरा र भट्टीहरु नष्ट गर्ने अभियानमा प्रहरी सक्रिय भएको उल्लेख गरेको छ  ।



घरेलु मदिराले समाजमा विकृति र आपराधिक घटना निम्त्याउन थालेपछि नियन्त्रणमा कडाइ गरिएको प्रहरीको भनाइ छ । गैरकानूनीरूपमा घरेलु मदिरा उत्पादन र बिक्री वितरण नगर्न रौतहट प्रहरीले अनुरोध गर्दै आएको छ ।

 



  • प्रकाशित मिति : पुस २०, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया