logo-img

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब ८६ करोडको कारोबार
फाइल तस्बिर

साताको पहिलो दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ ।

आज नेप्से परिसूचक ५.३२ अंक बढेर २५९१.५६ विन्दुमा पुगेको हो । त्यस्तै, आज फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको छ । 

बिहीबार ४ अर्ब ६० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२७ स्टकको ६१ हजार १६७ पटकको कारोबारमा ४ अर्ब ८६ करोड २ लाख १ हजार रुपैयाँ बराबरको ९३ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । 

आइतबार ३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन उपकार लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत कम्पनी र ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।



त्यस्तै, यस दिन दोल्ती पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.८८ प्रतिशत घटेको छ ।   

कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको यस दिन १९ करोड ९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।  



  • प्रकाशित मिति : पुस २१, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया