मंगलबार बिहान नेपालमा पनि महसुस भएको भूकम्पको केन्द्रविन्दु चीनको तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।
उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रकी प्रवक्ता मनिका झाले भूकम्पको केन्द्रविन्दु चीन भए पनि नेपालमा पनि त्यसको ठूलो धक्का महसुस भएको जानकारी दिइन् ।
बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्पको धक्का नेपालका धेरै ठाउँमा महसुस गरिएको छ ।
भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।