खुम्बु क्षेत्रमा हेलिकोप्टर उडानले निरन्तरता पाउने भएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै असर नपुग्ने गरी अनुमति लिएर हेलिकप्टर उडान गर्न सहमति दिएसँगै अब हेलिकप्टर व्यवसायीहरूले खुम्बु क्षेत्रमा हेलिकप्टर उडानलाई निरन्तरता दिन पाउने भएका हुन् ।
यसअघि पर्यटकको सर्वाधिक आकर्षक क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जमा व्यावसायिक हेलिकोप्टर सञ्चालनमा रोक लगाइएको थियो । १७ पुसदेखि व्यावसायिक हेलिकोप्टर उडानलाई पूर्णरूपमा रोक लगाइए पनि सगरमाथा राष्ट्रिय निकुञ्ज त्यो निर्णयबाट पछि हटेको हो ।
हेर्नुहोस् सूचना :
यो पनि पढ्नुहोस् : सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडाउनमा रोक लगाउनु कति उचित ? [भिडियोसहित]
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।