नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा अन्तिम चरणको काम भइरहेको छ । मुख्य सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर छ भने आपत्कालीन सुरुङमार्गको कुल लम्बाइ दुई हजार ५५७ मिटर रहेको छ ।
धादिङको सिस्ने खोलामा मुख्य सुरुङ र काठमाडौंको गुर्जुधारामा फ्लाई ओभरसहित द्रुत गतिको सडक निर्माण भइरहेको छ । सुरुङमार्ग सञ्चालनपश्चात् इन्धन खपत कम हुने र नागढुङ्गा सडक खण्डमा सवारी जाम पनि कम हुने अपेक्षा गरिएको छ ।
नेपाल न्युज बैंक
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।