logo-img

पुलिसविरुद्ध मधेश प्रदेश १२९ रनमै अलआउट, गुलशन झाले लिए ५ विकेट

जय ट्रफी मेन्स एलिट कपमा विभागीय नेपाल पुलिस क्लबविरुद्धको पहिलो इनिङमा मधेश प्रदेश १२९ रनमै अलआउट भएको छ । वीरगञ्जको नारायणी क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको मौका पाएको मधेश ४२.४ ओभरमा १२९ रनमै अलआउट भएको हो । 

तल्लोक्रममा ब्याटर नचल्दा मधेश सस्तैमा समेटिएको हो । एक समय मधेश प्रदेशले ९९ रन जोड्दा २ विकेट मात्र गुमाएको थियो । उसका लागि  ओपनिङ ब्याटर मयन यादवले अर्धशतकीय पारी खेले ।

उनले १०२ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५९ रन बनाए । मयनले पहिलो खेलको दोस्रो इनिङमा बागमती प्रदेशविरुद्ध १ सय ६ रनको शतकीय पारी खेलेका थिए । यस्तै, पुलिसविरुद्ध निरज यादवले २९ र अभिषेक तिवारीले अविजित १७ रन जोडे ।  



पुलिसका लागि गुलशनकुमार झाले उत्कृष्ट बलिङ गरे । उनले १३ ओभरमा ४ मेडनसहित ४० रन दिएर सर्वाधिक पाँच विकेट लिए । यस्तै, कुशल भुर्तेलले दुई, ललित राजवंशी र श्रवन यादवले एक/एक विकेट हात पारे ।

यस्तै, आजै भइरहेको अर्को खेलमा बागमती प्रदेशविरुद्धको पहिलो इनिङमा त्रिभुवन आर्मी क्लबले उत्कृष्ट ब्याटिङ  गरेको छ ।

जनकपुरको रामजानकी मल्टिप्रपोज ग्राउन्डमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४० ओभरमा तीन विकेट गुमाएर १ सय ७३ रन बनाएको छ । 



आर्मीले पहिलो खेलमा पुलिस तथा बागमतीले प्रदेश प्रदेशसँग ड्र खेलेका थिए ।   

  • प्रकाशित मिति : पुस २४, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया