logo-img

क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न निर्देशन
फाइल तस्बिर

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकले मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोतको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाबारे खेलकुदमन्त्री तेजुलाल चौधरी र मन्त्रालयका कर्मचारीसँग छलफल गरेको थियो । मन्त्री चौधरीले बजेट अभावमा मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणमा विलम्ब भएको स्पष्टीकरण दिएका थिए । 

समिति सभापति सोनाम गेल्जेन शेर्पाले मूलपानी क्रिकेट रङ्गशाला र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणको लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने र वातावरणीय प्रभाव मूल्याङ्कन (इआई) चाँडो टुङ्गाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बताए ।

समितिको आजको बैठकले राष्ट्रिय गौरवका आयोजनाका लागि जनशक्ति व्यवस्थापनलगायत पूर्वतयारीका काम पूरा गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । 







  • प्रकाशित मिति : पुस २४, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया