logo-img

सूर्यदर्शन सहकारीबारे बिहीबार आदेश आउन सक्ने
पोखरामा निषेधित क्षेत्र तोडेर रास्वपाका कार्यकर्ताले गरे नाराबाजी

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आज पनि निषेधित क्षेत्र तोड्दै पोखराको शहीदचोकस्थित शहीद पार्कभित्रबाट नाराबाजी गरेका छन् । 

पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लैजाने क्रममा शहीदपार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।  

उनीहरूले लामिछानेलाई मंगलबार पनि अदालतबाट प्रहरी हिरासतमा फिर्ता लैजाने क्रममा निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री केपी शर्मा र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका विरुद्ध चर्को नाराबाजी गरेका थिए ।  

आज पनि रास्वपाका नेता तथा कार्यकर्ताहरूले नाराबाजी गर्न सक्ने कुरालाई ध्यानमा राखेर प्रहरीले निषेधित क्षेत्र प्रवेशमा कडाइ गरेको थियो ।  निषेधित क्षेत्र प्रवेश गर्न चाहने, पत्रकार सञ्चारकर्मी,  कानुन व्यवसायी र कर्मचारीलाई परिचय पत्र देखाउन अनिवार्य गरिएको थियो । 



 निषेधित क्षेत्र भित्र नै पर्ने सहिद पार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरूले रवि लामिछानेलाई प्रहरी हिरासतमा फर्काउँदै गर्दा नाराबाजी गरेका थिए ।  त्यस अघि प्रहरीले पार्कभित्र जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरूलाई पार्कभित्रबाट हटाउने प्रयास गरेको थियो तर रास्वपाका नेता तथा कार्यकर्ताहरूले विरोध गरेका थिए ।  

यसैबीच, सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जारी रहेको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ ।  अन्य प्रतिवादीहरूको थुनछेक बहस सकिएको र बिहीबार जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट प्रत्युत्तर आएपछि बिहीबार नै उक्त प्रकरणमा अदालतको तर्फबाट आदेश आउन सक्ने अनुमान गरिएको छ ।  





  • प्रकाशित मिति : पुस २४, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया