logo-img

तराईमा हुस्स र कुहिरो, कोशी प्रदेशमा हिमपातको सम्भावना
फाइल तस्बिर

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । 

यस्तै, तराईका धेरै स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । 

कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै, आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली हुने छ । बाँकी भागमा मौसम सफा रहनेछ ।  

शुक्रबार (भोलि) बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । 







  • प्रकाशित मिति : पुस २५, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया