logo-img

मधेशविरुद्ध पुलिस इनिङ अन्तरले विजयी, कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन

जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मधेश प्रदेशविरुद्ध विभागीय नेपाल पुलिस क्लब ३५ रनको इनिङ अन्तरले विजयी भएको छ ।

जारी प्रतियोगितामा कुनै पनि टिमको यो पहिलो जित हो । पहिलो खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबसँग ड्र खेलेको थियो ।

यस्तै, मधेशले पनि पहिलो खेलमा बागमती प्रदेशसँग बराबरी खेलेको थियो । दोस्रो खेलमा पुलिसविरुद्ध भने उसको प्रदर्शन निकै कमजोर रह्यो । मधेश प्रदेश पहिलो इनिङमा १२९ तथा दोस्रो इनिङमा ९४ रनमै अलआउट भयो ।



उसका लागि पहिलो पारीमा मयन यादवले १०२ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ५९ रन बनाए । यस्तै, निरज यादवले २९ तथा अभिषेक तिवारीले अविजित १७ रन जोडे ।

पुलिस क्लबका लागि गुलशनकुमार झाले १३ ओभरमा ४ मेडनसहित ४० रन दिएर पाँच विकेट लिए । यस्तै, कुशल भुर्तेलले दुई, श्रवन यादव र ललित राजवंशीले एक/एक विकेट हात पारे । 

दोस्रो पारीमा मधेशका लागि विशाल पटेलले २७, मयन यादवले २२ र हिमांशु दत्तले १७ रन बनाए । पुलिस क्लबका लागि ४.२ ओभरमा २२ रन दिएर सर्वाधिक पाँच विकेट लिए ।



यस्तै, गुलशनकुमार झाले तीन र ललितनारायण राजवंशीले दुई विकेट हात पारे । पुलिसले पहिलो इनिङ २५८/४ को अवस्थामा समाप्तिको घोषणा गर्‍यो । उसका लागि कुशल भुर्तेलले ६८ बलमा १० चौकासहित सर्वाधिक ६३ रन बनाए ।

यस्तै, दिलिप नाथ र कप्तान आरिफ शेखले ४०/४०, अमित श्रेष्ठले ३५, शंकर रानाले अविजित ३१, अर्जुन साउदले २२ र गुलशन झाले २० रनको योगदान दिए ।

मधेश प्रदेशका लागि कप्तान हरिशंकर साहले दुई, रुपेश सिंह र रञ्जित कुमारले एक/एक विकेट लिए । 

  • प्रकाशित मिति : पुस २५, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया