logo-img

एकैदिन पाँच संसदीय समितिको बैठक : के-के छन् कार्यसूची ?

आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । आज बस्ने राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको ३२ औँ बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

बैठक बिहान साढे ११ बजे बोलाइएको छ । यस्तै, आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५३ औँ बैठक पनि बस्दैछ । साढे ११ बजे नै बस्ने सो बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुनेछ ।  

त्यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा नेपालको संविधानको धारा २६५ मा गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्नेछ भन्ने संवैधानिक व्यवस्था रहेकोले सोसम्बन्धी आयोगको धारणा सम्बन्धमा छलफल हुने कार्यसूची छ ।  

आजै महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र कार्यान्वयनको मूल्यांकन सम्बन्धमा छलफल हुने भएको छ । 



यस्तै, आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल हुने भएको छ । 



  • प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया