गृहमन्त्री रमेश लेखकले समाजमा लागूऔषध सेवन, आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन् । शुक्रबार महेन्द्रनगरमा एन प्याब्सन कञ्चनपुरले आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अहिले मुख्य चुनौतीका रूपमा लागूऔषध सेवन,आत्महत्या र सडक दुर्घटना रहेको बताएका हुन् ।
उनले पछिल्लो समय लागूऔषधले भयावह स्थिति रहेको बताउँदै यसको न्यूनीकरणका लागि विद्यालय स्तरबाट अभियान सञ्चालन गर्नुपर्ने बताए । ‘समाजमा लागूऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएको छ,’ गृहमन्त्री लेखकले भने,‘लागूऔषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालन गर्नुपर्ने छ । यसका लागि एन प्याब्सनले विद्यालयस्तरबाटै सुरुवात गरोस् ।’
उनले लागूऔषधले घर घरका बालबालिकाहरू प्रभावित भइरहेकाले स्थानीय सरकार र निजी संघ संस्था सबैले गम्भीर रूपमा लिएर लागूऔषधको विरुद्धमा अभियान सञ्चालन गर्नुपर्ने बताए ।
त्यसैगरी उनले निजी तथा आवासीय विद्यालयहरूले शिक्षाको गुणस्तरीय वृद्धि गर्न महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले शिक्षाको क्षेत्रमा निजी र आवासीय विद्यालयको पनि महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सार्वजनिक र सामुदायिक विद्यालयको गुणस्तर बढेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।