राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले उद्देश्यका साथ अगाडि बढे मात्र हरेक काम पुरा गर्न सकिने बताएका छन् ।
शनिबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको २७ औँ स्थापना दिवसको अवसरमा उनले समाज र आम नागरिकले हामीलाई कसरी बुझेको छ त्यो कुरा सबैभन्दा महत्त्वपूर्ण रहने बताएका हुन् ।
उनले भने, ‘हाम्रो उद्देश्यलाई पुरा गर्ने गरी हिड्यौं भने हरेक कुराहरू सम्भव छ । निस्वार्थ हिसाबले र हाम्रो उद्देश्यलाई क्लियर गरेर हिड्यौं भने हाम्रो जीवनमा आउने समस्याहरू समाधान हुन्छन् । समस्या त आउँछन् नआउने होइन, एउटा कमिटमेन्टका साथ अगाडि बढ्यौं भने हरेक कुराहरू पुरा गर्न सकिन्छ । हामीले उद्देश्य कस्तो लिएका छौँ त्यसमा भर पर्छ । हामीले आफ्नो व्यक्तिगत स्वार्थ, समाजको स्वार्थ, अर्थात् हाम्रो दृष्टिकोणलाई कसरी व्यवस्थापन गरेका छौँ, समाजले, आम नागरिकले हामीलाई कसरी बुझेको छ त्यो कुरा सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’
यसै गरी उनले बीना अनुसन्धान शिक्षा नचल्ने बताए । उनले कतिपय निःशुल्क शिक्षाभित्र राज्यले दिनुपर्ने सेवा सुविधा प्रस्ट हुनुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।