प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आइटी)लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्नेमा विश्वास व्यक्त गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरूका लागि केही कानुनी अप्ठ्यारा रहेको उल्लेख गर्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत सम्बोधन गरेको बताएका छन् ।
‘हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आइटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानुन राष्ट्रपतिज्यू समक्ष सिफारिस गरिएको छ । यसले आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने हाम्रो विश्वास छ’, उनले भने ।
प्रधानमन्त्री ओलीले अब नेपाली आइटी कम्पनीहरूले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानुनी रुपमा भित्र्याउन पाउने भएको उनको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।