logo-img

नेपाली सेनाको सक्रियतामा उदयपुरगढी-चौदण्डीगढी ऐतिहासिक पदयात्रा

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न भएको छ ।

नेपाली सेनाको सक्रियतामा भएको पदयात्रामा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो । यही पुस २१ गते सुरु भएको पदयात्रा आज समापन भएको सेनाले जनाएको छ ।

२७ पुसको अवसर पारेर सेनाले विभिन्न जिल्लाका एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ । यस अवसरमा उदयपुरमा अन्य क्रियाकलाप पनि समावेश गरिएको थियो । 

विभिन्न विद्यालयका विद्यार्थीबीच वक्‍तृत्वकला, कविता वाचन, हाजिरीजबाफ प्रतियोगितासहित रचनात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।



पदयात्रामा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीका साथै अभिभावक, त्रियुगा र चौदण्डीगढी नगरपालिका, रौतामाई र उदयपुरगढी गाउँपालिकाका स्थानीयवासी, जनप्रतिनिधिलगायत व्यक्तित्वको सहभागिता थियो ।   





  • प्रकाशित मिति : पुस २८, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया