logo-img

ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको बाघभैरव मन्दिर [तस्बिरहरू]

काठमाडौंको कीर्तिपुरमा अवस्थित बाघभैरव मन्दिरलाई आराध्यदेवका रूपमा पूजा गरिन्छ । उपत्यकाबाट ७ किलो मिटर दक्षिण पश्चिममा रहेको बाघभैरवको मन्दिर समुद्री सतहबाट १४०५ मिटरको उचाइमा लम्बाइ ५० मिटर र चौडाइ ३० मिटरको क्षेत्रफलमा रहेको छ । 

पूर्व-पश्चिम भागमा लाम्चो आकारमा फैलिएको कीर्तिपुर डाँडाको बीच भागमा फैलिएको बाघभैरव मन्दिर यस क्षेत्रमै सर्वाधिक ठूलो र महत्त्वपूर्ण मन्दिर हो । प्यागोडा शैलीको तीनतल्ले मन्दिर जसको माथिल्लो छानो पित्तल, त्यसभन्दा तलको दुई छाना झिँगटीले छाएको छ ।

मन्दिरको सबैभन्दा माथि ११, बीचमा छ र सबैभन्दा तल एक गरी १८ वटा गजुर छन् । मन्दिरको भुँइतलामा प्राचीन महाभारत र रामायणका दृश्यहरू देख्न सकिन्छ । बाघभैरवको मन्दिरको करिब ९ सय वर्षको इतिहास रहेको मानिन्छ । काठमाडौं उपत्यकाको दृश्यावलोकनका लागि पनि बाघभैरवको मन्दिर परिसर उपयुक्त स्थल मानिन्छ । 

तस्बिरमा बाघभैरव मन्दिर :







 

  • प्रकाशित मिति : पुस २८, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया