logo-img

च्याम्पियन्स ट्रफीका लागि न्यूजिल्याण्डको टिम घोषणा, क-कसले पाए मौका ?
फाइल तस्बिर

आइसिसी च्याम्पियन्स ट्रफी २०२५ का लागि न्यूजिल्याण्डले टिम घोषणा गरेको छ । न्यूजिल्याण्डले बलिङ अलराउन्डर मिचेल सान्टनरको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।   

तीव्र गतिका बलर विल ओ’रोर्क, बेन सियर्स र नाथन स्मिथले पहिलोपटक सिनियर आइसिसी प्रतियोगिताका लागि टिममा मौका पाएका छन् ।

न्यूजिल्याण्डले अलराउन्डरको रूपमा माइकल ब्रेसवेल, ग्लेन फिलिप्स र रचिन रविन्द्रलाई मौका दिएको छ । टिममा पूर्वकप्तान केन विलियमसन र टम लाथम पनि छन् ।  

सान्टनर, विलियमसन र लाथम सन् २०१७ मा इंग्ल्याण्ड र वेल्समा भएको च्याम्पियन्स ट्रफीमा पनि न्यूजिल्याण्डको टिममा थिए । विलियमसनले २०१३ को संस्करणमा पनि भाग लिएका थिए ।
 
यस्तै, अनुभवी फास्ट बलर म्याट हेनरी, लकी फर्गुसन पनि टिममा परेका छन् । उनीहरूले दुई एकदिवसीय र टी–२० विश्वकप खेलिसकेका छन् । म्याट र फर्गुसन पाँचौं आइसिसी प्रतियोगिता खेल्न लागेका हुन् । 



न्यूजिल्याण्डले च्याम्पियनसिपमा १९ फेब्रुअरीमा पाकिस्तान, २४ फेब्रुअरीमा बंगलादेश  तथा २ मार्चमा भारतविरुद्ध खेल्ने तालिका छ । 

न्यूजिल्याण्डको टिम : डेभन कन्वे, विल योङ, टम लाथम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, ड्यारल मिचेल, केन विलियमसन, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, मिचेल सान्टनर (कप्तान), लकी फर्गुसन, म्याट हेनरी, विल ओ’रोर्क, बेन सियर्स र नाथन स्मिथ ।  





  • प्रकाशित मिति : पुस २८, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया