logo-img

जय ट्रफीको उपाधिका लागि आर्मी र पुलिस भिड्ने, बागमती र मधेश जितविहीन

जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्ने भएका छन् ।

आइतबार भएको खेलमा आर्मीले मधेश प्रदेश तथा पुलिसले बागमती प्रदेशलाई हराएसँगै फाइनल पुग्ने दुई टिमको टुंगो लागेको हो । 

लिग चरणमा आर्मीले तीनमध्ये दुईमा बराबरी खेल्दा एक खेलमा जित निकाल्यो ।

यस्तै, पुलिसले तीनमध्ये दुईमा जित र एक खेलमा बराबरी खेल्यो । अब आर्मी र पुलिसबीचको फाइनल खेल मंगलबारदेखि सुरु हुनेछ ।



फाइनल म्याच तीनदिवसीय हुने क्यानले जनाएको छ । 
 



  • प्रकाशित मिति : पुस २८, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया