logo-img

आईएल टी-२० मा दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमै पराजित
फाइल तस्बिर

तेस्रो संस्करणको अन्तर्राष्ट्रिय टी–२० लिग  (आईएल टी–२०) मा नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीआबद्ध गल्फ जायन्ट्स पहिलो खेलमा पराजित भएको छ । गल्फ आइतबार राति सम्पन्न खेलमा शारजाह वारियर्सविरुद्ध तीन विकेटले पराजित भएको हो । 

यस खेलमा पहिला ब्याटिङ गरेको गल्फले शारजाहलाई १७५ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य शारजाहले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

पहिलो खेलमा दीपेन्द्रले भने मौका पाएनन् । उनी दोस्रोपटक यो लिग खेलिरहेका हुन् । दीपेन्द्र गत सिजनको आईएल टी–२० मा पनि गल्फमा आबद्ध थिए । यद्यपि उनले हालसम्म यस लिगमा डेब्यूको मौका भने पाएका छैनन् ।  

यस्तै, अर्का नेपाली अलराउन्डर कुशल मल्लआबद्ध टिमले भने पहिलो खेलमै जित निकालेको छ । विजयी सुरुवात गर्नेक्रममा उनीआबद्ध डेजार्ट भाइपर्सले आबुधाबी नाइट राइडर्सलाई ७ विकेटले हरायो । 



आइतबार भएको यस खेलमा आबुधाबीले दिएको १६७ रनको लक्ष्य डेजार्टले १८.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । यस खेलमा कुशलले भने प्लेइङ–११ मा मौका पाएनन् । उनी पहिलोपटक यो लिग खेलिरहेका हुन् । 





  • प्रकाशित मिति : पुस २९, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया