logo-img

प्रधानमन्त्री कपका लागि आर्मीको टिम घोषणा, क-कसले पाए मौका ?

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लबले टिम घोषणा गरेको छ ।

त्रिभुवन आर्मी क्लबले सोमबार लक्ष्मी साउदको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । टिममा रुवि पोद्दार, निग्मा तामाङ, मनिषाकुमारी चौधरी, अञ्जली विश्वकर्मा, सम्झना खड्का, आष्मा पुलामी मगर र सुस्मिता भुसाल छन् । 

यसैगरी, राधिका पुजारा, संगीता गुरुङ, यमुना थारू, सीता शाही, पिङ्की बोहरा र ईश्वरी विष्ट पनि आर्मीको टिममा छन् । प्रतियोगितामा सहभागी ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र एपिएफ छन् । यसैगरी समूह ‘बी’ मा बागमती, मधेश, कोशी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लब छन् ।

१ देखि १२ माघसम्म सुदूरपश्चिम प्रदेशको धनगढीस्थित फाप्ला रंगशालामा हुने प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टिम गरी ९ टिमबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा सहभागी ९ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । 



समूह 'ए' मा लुम्बिनी, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेश तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लब छन् । समूह 'बी' मा कोशी, बागमती, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब छन् । प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार सुदूरपश्चिम र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । 





  • प्रकाशित मिति : पुस २९, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया