काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकार भनेको जनताको सरकार भएको बताएकी छन् । सोमबार फास्टफुड एसोसियसन नेपालको आठौं राष्ट्रिय अधिवेशनको समुद्घाटन समारोहमा बोल्दै उनले सबै भन्दा बढी आम नागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार भएको बताएकी हुन् ।
उनले भनिन्, ‘आम नागरिकले धेरै राम्रोसँग व्यवसाय गरिरहनु भएको छ, तर हामी सबैले सचेत हुन जरुरी छ, सरकारले सधैं ट्याक्स मात्र हामीलाई तिराउँछ , जरिवाना हामीलाई मात्र लगाउछ, कानूनमा मात्र बसाल्छ हामीलाई भन्ने लाग्न सक्छ । तर स्थानीय सरकार भनेको जनताको सरकार हो । नजिकको सरकार हो, सबैभन्दा बढी आम नागरिकलाई समुदायलाई चिनेको बुझेको सरकार हो भनेर आभाष गराउनु पनि महत्वपूर्ण छ । त्यसकारणले पनि काठमाडौं महानगरपालिकाले फास्टफुडकै कम्पनिहरुसँग आबद्ध रहेका सबैलाई तालिम समेत दिएका थियौं ।’
यसैगरी उनले महानगर जनताको राम्रो काम गर्न सधैं तत्पर रहेको बताइन् । उनले राम्रो व्यवसाय गर्नेहरूलाई महानगरले प्रोत्साहन समेत गर्ने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।