logo-img

युक्रेनसँगको युद्धमा ३ सय उत्तर कोरियाली सैनिक मारिए, २७ सय जना घाइते
फाइल तस्बिर

युक्रेनसँगको युद्धमा ३ सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको छ । 

रुसले युक्रेनविरुद्धको युद्धमा करिब ३ सय उत्तर कोरियाली सैनिकको मृत्यु हुनुका साथै २ हजार ७ सय जना घाइते भएको दक्षिण कोरियाली सांसदले सोमबार सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बताएका छन् । 

सियोलले यसअघि उत्तर कोरियाली नेता किम जोङ उनले प्योङयाङको भारी प्रतिबन्धित हतियार र स्याटेलाइट कार्यक्रमका लागि रुसी प्राविधिक सहयोगको बदलामा मस्कोलाई किएभविरुद्ध लड्न १० हजारभन्दा बढी सैनिक पठाएको दाबी गरेको थियो ।

सप्ताहन्तमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभले दुईजना उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको र घाइते लडाकुलाई सोधपुछ गरिएको भिडियो सार्वजनिक गर्दै पक्राउ परेका युक्रेनी सैनिकका लागि कैदी साटासाटको सम्भावना बढाएको बताएका थिए । 



‘रुसमा उत्तर कोरियाली सेनाको तैनाथी कुस्र्क क्षेत्रलाई समेट्ने गरी विस्तार गरिएको छ, उत्तर कोरियाली सेनाको हताहत ३ हजार नाघेको अनुमान गरिएको छ,’ सांसद ली सियोङ–क्वेनले जासूसी एजेन्सीको ब्रिफिङपछि पत्रकारलाई भने ।  

सियोलको नेसनल इन्टेलिजेन्स सर्भिसको ब्रिफिङपछि लीले भने, ‘यसमा करिब ३०० जनाको मृत्यु र २ हजार ७ सय जना घाइते भएका छन् ।’ उत्तर कोरियाको ‘स्टोर्म कोर’का ती सैनिकलाई बन्दी बनाउनुको साटो आत्महत्या गर्न आदेश दिइएको लीले बताए ।   





  • प्रकाशित मिति : पुस २९, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया