संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा शान्ति स्थापना कार्यको लागि तैनाथ नेपाली सैनिकहरूको अदलीबदली भएको छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा (एमओएनयुएससिओ) मिसनमा तैनाथ महावीर शौर्य गण (रेञ्जर) ३० औँ डफ्फा र केवलजंग गुल्म तेस्रो डफ्फालाई बदली गर्नको लागि चण्डीदल गण ३१ औँ डफ्फा र भीमकाली गुल्म चौथो डफ्फाका १८८ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी अच्युत घिमिरेको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा आइतबार मिसन इलाका प्रस्थान गरेको हो ।
सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी १८८ जना नेपाली शान्ति सैनिकहरू सेनानी देवेन्द्र खत्रीको नेतृत्वमा आइतबार नै स्वदेश फिर्ता भएका छन् । एमओएनयुएससिओ मिसन कंगोमा नेपाली सेनाको एउटा गण, दुईवटा गुल्मका साथै स्टाफ तथा सैनिक पर्यवेक्षक सहित १ हजार १५१ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।