logo-img

नेप्सेले दियो गिरावटलाई निरन्तरता

साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से परिसूचक घटेको छ । अघिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक १५.५४ अंकको गिरावटसँगै २५९४.१३ विन्दुमा झरेको छ । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.५६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार करिब ४ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ६४ हजार २७८ पटकको कारोबारमा ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ३८ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । 

आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै व्यापार समूह एक दशमलव ८९, होटल तथा पर्यटन एक दशमलव ३६ र वित्त समूह एक दशमलव ३२ प्रतिशतले घटेको छ । 



बैंकिङ शून्य दशमलव ३५, विकास बैंक शून्य दशमलव ५८, जलविद्युत् शून्य दशमलव ४९, लगानी शून्य दशमलव ६० र जीवन बीमा शून्य दशमलव ५० प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७७, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ४२, निर्जीवन बीमा शून्य दशमलव ०२ र अन्य समूह शून्य दशमलव ६७ प्रतिशतले घटेको छ ।

आज बाराही हाईड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।



कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ४५ करोड २५ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै माछापुच्छ्र्रे बैंक प्रमोटर सेयर आठ लाख ४९ हजार आठ ३३ कित्ता किनबेच भएको छ ।



  • प्रकाशित मिति : पुस २९, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया