logo-img

यू-१९ विश्वकपको वार्पअप खेलमा वेस्ट इण्डिजविरुद्ध नेपाल पराजित

यू–१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजविरुद्ध नेपाल ९ रनले पराजित भएको छ । 

मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १ सय रन मात्र बनाउन सक्यो । 

नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाए । वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ९ रन बनायो । उसका लागि कप्तान समरा रामनाथले २५, असाबी क्यालेन्डरले २३, जजारा क्याक्टनले २२ र एबिगेल ब्रायसले १९ रन बनाए ।



नेपालका लागि रचना चौधरी र सीमाना केसीले एक/एक विकेट लिए । नेपालले अब दोस्रो तथा अन्तिम अभ्यास खेलमा बुधबार अमेरिकासँग खेल्ने तालिका छ । 

यो पनि पढ्नुहोस्, यू-१९ विश्वकप : नेपाललाई इतिहास रच्ने मौका, कस्ता छन् प्रतिद्वन्द्वी ? [भिडियोसहित]





  • प्रकाशित मिति : पुस २९, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया