काठमाडौं जिल्ला अदालतमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएन । बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
जस कारण लामिछाने अझै कम्तीमा थप दुई दिन न्यायिक हिरासतमा नै रहने भएका छन् । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि आउँदो बुधबार हुने गरी आजका लागि सकिएको हो । भोलि (मंगलबार) सार्वजनिक बिदा भएका कारण लामिछाने सोमबारसँगै मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा नै रहने भएका छन् ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए । तर, आइतबार थुनछेक बयान मात्रै भएपछि न्यायाधीश अधिकारीले लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश दिएका थिए ।
आज पनि थुनछेक बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले हिरासत नै पठाउने आदेश दिएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।