logo-img

एमाले निकट विद्यार्थी संगठनले धनुषामा गर्‍यो प्रहरीविरुद्ध टायर बालेर प्रदर्शन

जनकपुरधाममा युवाहरूले टायर बालेर धनुषा प्रहरीविरुद्ध नाराबाजी एवम् प्रदर्शन गरेका छन् । सोमबार नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका युवाहरूले जनक चोकमा टायर बालेर प्रदर्शन गर्नुका साथै धनुषा प्रहरीविरुद्ध नाराबाजी गरेका छन् । 

घर भाडाको विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका युवाहरू र अर्को पक्षबीच कुरा नमिल्दा होहल्लाको स्थिति सृजना हुँदा राष्ट्रिय युवा संघका प्रदेश अध्यक्ष लभ अधिकारीमाथि एक जना हवलदारले कलर समातेर हातपात गरेको भन्दै आफूहरूले विरोध गरेको अनेरास्ववियु धनुषा जिल्ला अध्यक्ष पुरुषोत्तम चौधरीले जानकारी दिए । 

हवलदारले गरेको अभद्र व्यवहारको जानकारी इन्सपेक्टर एस के यादवसमक्ष गर्न जाँदा उल्टै उनले आफूहरूमाथि झन् बढी दुर्व्यवहार गरेको अध्यक्ष चौधरीले गुनासो गरे । मुख्य चोकमै टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरीले आगो निभाएका छन् । आक्रोशित युवाहरू सडकको बीचमै बसेर बाटो अवरुद्ध बनाएका छन् । अहिले जनक चोकमा प्रहरी र सुरक्षा बलको बाक्लो उपस्थिति रहेको छ ।

यता इन्सपेक्टर एक के यादवसँग फोन सम्पर्क गर्दा उनले छलफलको क्रममा विवाद हुँदा आफूहरूले सम्झाउन मात्र खोजेको र युवाहरूले लगाएको आरोपमा कुनै सत्यता नरहेको प्रतिक्रिया दिए । 







  • प्रकाशित मिति : पुस २९, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया