१०औँ संस्करणको पाकिस्तान सुपर लिग (पिएसएल) को अक्सनमा कुनै पनि खेलाडी बिक्री भएका छैनन् ।
सोमबार सम्पन्न अक्सनमा सात नेपाली खेलाडी थिए । तर, कुनै पनि टोलीले नेपाली खेलाडी भित्र्याउन रुचि देखाएनन् ।
पिएसएलको ड्रफमा सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अर्जुन साउद, देव खनाल, गुल्शनकुमार झा र सोमपाल कामी थिए ।
सन्दीपले डायमन्ड र अन्य खेलाडीले सिल्भर क्याटोगोरीमा नाम दर्ता गराएका थिए । गत संस्करणमा पनि नेपाली खेलाडीमाथि पिएसएलका कुनै पनि टोलीले बोली लगाएका थिएनन् ।
हालसम्म नेपालबाट सन्दीपले मात्र पिएसएल खेलेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।