जय ट्रफी पुरुष एलिट कपको फाइनल खेलमा नेपाल पुलिसविरुद्ध त्रिभुवन आर्मी क्लबले टस जितेर फिल्डिङ रोजेको छ । बाक्लो हुस्सुका कारण ढिला सुरु भएको यी दुई टिमबीचको खेल वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा भइरहेको हो ।
खेलमा आर्मीले सानदार सुरुवात गरेको छ । आर्मीलाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा उसले पहिलो बलमै सफलता प्राप्त गर्यो । आर्मीलाई पहिलो विकेट दिलाउनेक्रममा तीव्र गतिका बलर सोमपाल कामीले दिलिप नाथलाई शून्यमै पवेलियन फर्काए ।
लिग चरणमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहेका थिए । पुलिसले तीनमध्ये दुईमा जित र एक खेल बराबरी खेल्यो । आर्मीले तीनमध्ये दुईमा बराबरी र एक खेलमा जित निकालेको थियो ।
लिग चरणमा पुलिसले मधेश र बागमती प्रदेशलाई हराउँदा आर्मीसँग बराबरी खेल्यो । यता आर्मीले बागमती र पुलिससँग बराबरी खेल्दा मधेशलाई हरायो ।
२१ पुसदेखि सुरु भएको प्रतियोगितामा गत संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका शीर्ष चार टिमको सहभागिता थियो । सिङ्गल राउण्ड रोबिनका आधारमा भएको लिगमा कुल ६ खेल भएका थिए ।
यो पनि : यी पाँच क्रिकेटर, जसले जय ट्रफीमा राम्रो प्रदर्शन गरे [भिडियोसहित]
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।