नेपालमा हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारण आज बिहान देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ ।
तराईका केही भू-भागमा भने हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली देखि मौसम सफा रहने सम्भावना छ । राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदलीदेखि रहने सम्भावना छ भने बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।